बार्सिलोनाको लज्जास्पद हार,२५ वर्षयताकै खराब प्रदर्शन

बार्सिलोनाको लज्जास्पद हार,२५ वर्षयताकै खराब प्रदर्शन

बार्सिलोनाको लज्जास्पद हार,२५ वर्षयताकै खराब प्रदर्शन

६ साउन २०७६ एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोना हारको सिकार भएको छ । आफ्नै घरेलु मैदानमा ग्रानाडाले बार्सिलोनालाई २–० गोलअन्तरले पराजित गरेको हो । ग्रानाडाको जितमा रमोन अजिज र अल्भारो भडिल्लोले गोल गरे । ग्रानडाले दोस्रो मिनेटमा रोमन अजिजको हेड गोलबाट अग्रता लिएको थियो भने ६६ औ मिनेटमा अल्भारो भाडिलोले पेनाल्टीमा गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।

डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको यो २५ वर्षयताकै खराब प्रदर्शन रहेको छ । बार्सिलोना ५ खेलबाट ७ अंक जोडेर अंक तालिकाको सातौं स्थानमा छ । ग्रानाडा भने ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...