बार्सिलोनाका कप्तान लियोनल मेस्सी बने सर्वाधिक कमाई गर्ने खेलाडी

बार्सिलोनाका कप्तान लियोनल मेस्सी बने सर्वाधिक कमाई गर्ने खेलाडीयस सिजनका १० उत्कृष्ट फुटबल खेलाडीको नाम सार्वजनिक ? मेस्सी र रोनाल्डो स्थान काहा ?रोनाल्डोलाई मेस्सीको जवाफ- म घरमै छु, मलाई परिवर्तन आवश्यक छैन

बार्सिलोनाका कप्तान लियोनल मेस्सी बने सर्वाधिक कमाई गर्ने खेलाडी

२९ जेठ २०७६ एजेन्सी : अमेरिकन बिजनेस म्यागजिन फोर्ब्सले सर्वाधिक कमाउने फुटबल खेलाडीको प्रतिबेदन सार्वजनिक गरेको छ ।सार्वजनिक प्रतिबेदन अनुसार बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने फुटबल खेलाडी बनेका छन् । अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष स्थानमा छन् । उनको कमाई १२७ मिलियन युरो रहेको छ ।

त्यस्तै इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन् । उनको कनाई कमाई १०९ मिलियन अमेरिकी डलर रहेको छ । यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार १०५ मिलियन डलरका साथ तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै तेस्रो स्थानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार , चौथोमा मेक्सिकन बक्सर कानेलो अल्भारेज ९४ मिलियन डलर छ भने पाँचौ स्थानमा स्विस टेनिस स्टार रोजर फेडेरर ९३.४ मिलियन डलरसहित छन् ।

त्यस्तै अमेरिकन फुटबल लिगका रुसेल विल्सन ८९.५ मिलियन डलरसहित छैटौं, अमेरिकन फुटबल लिगकै आरोन रोड्जर्स ८९.३ मिलियन डलरसहित सातौं, बास्केटबलका लेब्रोन जेम्स ८९ मिलियन डलरसहित आठौं, बास्केटबलमै स्टेफेन्स करी ७९.८ मिलियन डलरसहित नवौं र केभिन डुरान्ट ६५। ४ मिलियन डलर सहित दशौँ स्थानमा रहेका छन् ।

World’s Top 10 Highest-Paid Athletes in 2019 (Source: Forbes)

Lionel Messi (Football) – $127m
Cristiano Ronaldo (Football) – $109m
Neymar (Football) – $105m
Canelo Alvarez (Boxing) – $94m
Roger Federer (Tennis) – $93.4m
Russell Wilson (American Football) – $89.5m
Aaron Rodgers (American Football) – $89.3m
LeBron James (Basketball) – $89m
Stephen Curry (Basketball) – $79.8m
Kevin Durrant (Basketball) – $65.4m

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...