बाढीले बर्दिबासको पुल बगाए सँगै पूर्व–पश्चिम राजमार्गको यातायात अवरुद्ध

बाढी पहिरो अपडेट: मृत्यु हुने ४८ पुगे, ३५ बेपत्ता, २५ घाइतेबाढीले बर्दिबासको पुल बगाए सँगै पूर्व–पश्चिम राजमार्गको यातायात अवरुद्ध

बाढीले बर्दिबासको पुल बगाए सँगै पूर्व–पश्चिम राजमार्गको यातायात अवरुद्ध

२८ असार २०७६ बर्दिबास : बाढीले पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा रहेको भप्सी पुल बाढीले बगाएको छ ।

अविरल वर्षाका कारण आएको बाढीले पुलको बीच भाग भाचिएर बगाएको छ ।

बाढीले पुल बगाएसँगै पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ ।

पुलको बीच भाग नै बगेकाले तत्काल यातायात संचालन हुने सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ । बाढी घटेपछि खोलाबाटै ‘डाइभर्सन’ गरेर सवारी साधन सञ्चालन हुने व्यवस्था मिलाउन सकिने बताइए पनि अविरल वर्षाका कारण तत्काल त्यो सम्भव नहुने बताइएको छ ।

यता निरन्तरको वर्षापछि आएको बाढी पहिरोका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बाढी र पहिरोमा परी ३ जना वेपता भएका छन् ।

तीन दिनको अवधिमा दुई जना घाइते भएका छन् भने ४ हजार बढी बिस्थापित भएका छन् ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार खोटाङमा तीन, भोजपुरमा दुई, ओखलढुंगा, सुनसरी, इलाम र पाँचथरमा एक-एक गरी ९ जनाको मृत्यु भएको छ । पाँचथर, झापा र मोरङमा एक-एक जना वेपता छन् । सुनसरी र खोटाङमा एक-एक जना घाइते छन् ।

बाढी, पहिरो र डुबानका कारण प्रदेश १ भरी ४ हजार बढी विस्थापित भएका छन् । सुनसरी र मोरङमा विस्थापित हुनेको संख्या उच्च रहेको प्रदेश प्रहरीले जनाएको छ ।

तराईका अधिकांस खोलामा बाढी आउँदा सयौँ घर डुबानमा परेका छन् ।

यता रौतहटमा भारतीय बाँधमा भएका पानी थुन्ने ढोकाहरु भारतीय पक्षले नखोलिँदा रौतहट सदरमुकाम गौरका बस्ती संकटमा परेका छन् ।

पानी थुनेर छिमेकी मार्न खोजेको भन्दै सामाजिक सन्जालमा भारतको बिरोध भैरहेको छ ।

दशगजा क्षेत्रमा भारतीय पक्षले बाँध बनाएको छ । सो बाँधका कारण सदरमुकाम गौरमा दश फुटभन्दा बढी पानी जमेपछि जनजीवन अस्तव्यस्त भएको छ ।

पानीको निकासका लागि बाँधका ढोका खोलिदिन प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीहरुले आफ्ना समकक्षीहरुलाई आग्रह गरे पनि भारतीय पक्षले खोलिदिएको छैन । ‘मैले पटक-पटक बाँध खोलिदिन आग्रह गरेको छु,’ रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, ‘तर नखोलिदिँदा समस्या भयो ।’

लक्ष्मीपुर बेलबिछ्वा भन्ने ठाउँको बाँध पानीले पार गर्न करिब अढाइ फुट मात्र बाँकी छ । यदि त्यो बाँध फुट्यो भने भारतीय बजारहरु बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलिया लगायतका दर्जनौं बस्ती बगाउने गौरबासी बताउँछन् ।

यद्यपि बाँध क्षेत्रमा भारतले उल्लेख्य संख्यामा सीमा सुरक्षा बल (एसएसबी) परिचालन गरेको छ । तर, पानीको निकास खोल्नुको सट्टा बाँधको सुरक्षामा टोली खटाएको भन्दै भारतको आलोचना भइरहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...