बलिउडका चर्चित अभिनेता ‘गोविन्दा’लाई मानसिक समस्या भएको खुलासा

बलिउडका चर्चित अभिनेता 'गोविन्दा'लाई मानसिक समस्या भएको खुलासा

बलिउडका चर्चित अभिनेता गोविन्दाले केही दिन पहिले दिएका एक अन्तर्वार्तामा आफूलाई हलिउड फिल्मबाट अफर आएको भएपनि आफुले उक्त प्रस्ताव अस्वीकार गरेको बताएका थिए । साथै, सञ्जयलीला भन्सालीले बनाएको बहुचर्चित फिल्म देवदासको चुन्नीलालको भूमिका निर्वाह गर्न पनि उनलाई अफर आएको उनको दाबी थियो । गोविन्दाको यो भनाइ बाहिर आएपछि सामाजिक सञ्जालमा उनि मजाकको पात्र बने ।

सामाजिक संजाल प्रयोगकर्ताले मजाक बढी नै उडाएपछि गोविन्दाको नजिकका मित्रले डेक्कन क्रोनिकललाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘गोविन्दा लामो समयदेखि अचम्म किसिमको व्यवहार गरिरहेका छन् । ठूलो अफरलाई अस्वीकार गरेको दाबी गर्नु गोविन्दाको आदत भएको छ । यो नकारात्मकताले गर्दा उनी बक्स अफिसमाथि पनि के–के बोलिरहन्छन् ।’

गोविन्दाका निकट साथीहरूका अनुसार उनी मनोवैज्ञानिक समस्याबाट गुज्रिरहेका छन् । साथै, उनलाई सहयोगको आवश्यकता रहेको पनि बताइएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...