बलात्कार आरोपमा ‘नेकपा’का वडा सदस्य पक्राउ

बलात्कार आरोपमा ‘नेकपा’का वडा सदस्य पक्राउ

१ जेठ २०७६ ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. ३ का वडा सदस्य विष्णु श्रेष्ठलाई युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित श्रेष्ठ युवतीलाई बलात्कार गरेर गत चैत ७ गतेदेखि फरार रहेका थिए । श्रेष्ठलाई हर्कपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

वडा सदस्य श्रेष्ठले नर्मदेश्वरमा सञ्चालन गरेको इँटाभट्टामा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप छ । पीडित युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी दिएपछि उनी फरार हुँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *