बंगाल खाडीको ‘फानी’ का कारण दुइ दिन मौसम प्रभावित हुनसक्ने

बंगाल खाडीको ‘फानी’ का कारण दुइ दिन मौसम प्रभावित हुनसक्ने

२० बैशाख २०७६ काठमाडौं : मौसम बिज्ञान बिभागले सुक्रबार र सनिबार नेपालको पुर्बी तथा मध्य भागमा मौसम केहि प्रभित हुने जनाएको छ । बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित चक्रवात ‘फानी’ नेपाल तर्फ आउने सम्भावना अहिले सम्म नदेखिएता पनि यसको प्रभावबाट नेपालको पूर्वी र मध्य क्षेत्रमा भोलि शुक्रबार र पर्सि शनिबार मौसम केहि प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

सो क्रममा पूर्वी र मध्यका स्थानहरुमा मेघ गर्जन र चट्टयांग तथा हावाहुरी सहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको तथा हिमाली भूभागमा पनि मध्यम देखि भारी हिमपातको सम्भावना रहेको जनाइएको छ ।

पश्चिमी वायुको प्रभावले देशको पश्चिमी क्षेत्रका केही स्थानहरुमा भोलि हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा आइतबार देखि देशभर मौसममा क्रमिक रुपमा सुधार आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *