बंगलादेशविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारत एक इनिङ्स ४६ रनले विजयी

बंगलादेशविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा भारत एक इनिङ्स ४६ रनले विजयी

८ मङ्सिर २०७६ एजेन्सी : घरेलु टिम भारतले बंगलादेशविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा एक इनिङ्स र ४६ रनको जित निकालेको छ ।

कोलकत्तामा आइतबार दोस्रो इनिङ्समा बंगलादेश १ सय ९५ रन जोड्दा अलआउट भएपछि भारतले एक इनिङ्समै जित निकालेको हो ।

योसँगै भारत लगातार चार टेष्टमा खेलमा एक इनिङ्समा जित निकाल्ने पहिलो टिम बनेको छ ।

इडेन गार्डेन्समा बंगलादेशका लागि दोस्रो इनिङ्समा मुस्फिकर रहिमले ७४ रन जोडेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । यस्तै ममुदउल्लाहले ३९ रन जोडे ।

बंगलादेशलाई सस्तैमा समेट्न भारतका उमेश यादवले ५ विकेट लिए । यस्तै इशान्त शर्माले ४ विकेट लिए ।

यस अघि पहिलो इनिङ्समा बंगलादेशले १ सय ६ रनमा बनाएको थियो । बंगलादेशका लागि शादमन इस्लामले २९ रन बनाए । यस्तै रिटायर्ट हर्ट भएका लिटोन दासले २४ तथा नायम हसनले १९ रन जोडे । भारतका इशान्त शर्माले ५ तथा उमेश यादवले ३ विकेट लिए ।

पिंक बल र डे नाइट टेष्टको पहिलो इनिङ्समा बंगलादेशलाई सस्तैमा अलआउट गरेको भारतले आफ्नो इनिङ्समा ३ सय ४७ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले १ सय ३६ रनको शतकीय इनिङ्स खेले ।

यस्तै चेतेश्वर पुजाराले ५५ तथा अजिन्का रहानेले ५१ रन बनाए । बंगलादेशका अल मिन होसेन र इबाडट होसेनले ३/३ विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *