फिफा विश्कपको छनोट ड्र आज, यसरी हुन्छ ड्र

फिफा विश्कपको छनोट ड्र आज, यसरी हुन्छ ड्रचाइनिज ताइपेसँग नेपालको बराबरी, अभिषेकले गरे गोल नेपालले आज बलियो प्रतिद्वन्दी चाइनिज ताइपेसँग खेल्दै

फिफा विश्कपको छनोट ड्र आज, यसरी हुन्छ ड्र

१ साउन २०७६ काठमाडौँ : फिफा विश्कप छनोट ड्र आज हुँदै छ ।

सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटका लागि समूह चरणको ड्र आज सार्वजनिक हुँदैछ ।

नेपालसँगै एसियाका ४० राष्ट्र्रलाई ८ समूहमा विभाजन गरिएको छ ।

दोस्रो चरणका छनोटका खेलहरु डबल राउन्ड रोबिन आधारमा हुने छ ।

घरेलु र अवे टोलीको मैदान गरि खेल खेलिनेछ । दोस्रो चरणका खेलहरु येही सेप्टेम्बर ५, २०१९ देखि जुन ९, २०२० सम्म हुनेछ ।

नेपालले फिफा वरिएता एसियाको शीर्ष ३४ स्थानभित्र परेपछि सिधै दोस्रो चरणका लागि छनोट भएको थियो । नेपाल छनोटको पट ५ मा रहेको छ ।

समूह चरणबाट कुल १२ टोली विश्वकप छनोटको अन्तिम चरणका लागि छनोट हुनेछन् । ८ समूहका समुह विजेता र ४ उत्कृष्ट उपविजेताले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान पक्का गर्नेछन् ।
अन्तिम छनोटका ४ उत्कृष्ट टोलीले विश्वकपमा स्थान बनाउनेछन् भने पाँचौ टोलीले अन्तर महादेशीय प्लेअफमा प्रतिस्पर्धा गर्नुपर्ने छ ।

सबै समूहमा प्रत्यक पटका १-१ टोली गर्दै कुल ५ टोली रहनेछन् ।

पट १ : इरान, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, चीन
पट २ : इराक, उज्बेकिस्तान, सिरिया, ओमान, लेबनान, किर्गिस्तान, भिएतनाम, जोर्डन
पट ३ : प्यालेस्टाइन, भारत, बहराइन, थाईल्यान्ड, ताजिकिस्तान, उत्तर कोरिया, चाइनिज ताइपेइ, फिलिपिन्स
पट ४ : तुर्कमेनिस्तान, म्यानमार, हङकङ, यमन, अफगानिस्तान, माल्दिभ्स, कुवेत, मलेसिया
पट ५ : इन्डोनेसिया, सिंगापुर, नेपाल, कम्बोडिया, बंगलादेश, मंगोलिया, गुआम, श्रीलंका

प्रत्यक पट का १-१ टोली नेपालको समूहमा पर्नेछन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...