फिफाद्वारा म्यान्चेस्टर सिटीलाई कारबाही

फिफाद्वारा म्यान्चेस्टर सिटीलाई कारबाही

फिफाद्वारा म्यान्चेस्टर सिटीलाई कारबाही

२९ साउन २०७६ एजेन्सी: विश्व फुटबल महासंघ (फिफा) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई कारबाही गरेको छ ।

खेलाडी अनुबन्ध गर्दा फिफाको नियमविपरित गरेको भन्दै विश्व फुटबल महासंघ (फिफा)ले कारबाही गरेको हो । नियमविपरीत खेलाडी अनुबन्ध गरेको भन्दै फिफाले सिटीलाई तीन लाख ७० हजार स्वीस फ्रान्क जरिवाना तोकेको छ।
फिफाले सिटीले १८ वर्ष मुनिको खेलाडी अनुबन्धको नियम उलंघन गरेको जनाएको छ । अन्तराष्ट्रिय ट्रान्सफरमा १८ वर्ष माथिका खेलाडीले मात्र अनुमति पाउने फिफाको नियम रहेको छ ।

यसअघि चेल्सीले पनि कम उमेरका खेलाडीलाई अनुबन्ध गरेको आरोपमा फिफाबाट दुई वर्ष प्रतिबन्ध भोगेको थियो । तर सिटी भने प्रतिबन्धबाट जोगिएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...