प्रबिधि मैत्री बन्दै ट्राफिक प्रहरी

प्रबिधि मैत्री बन्दै ट्राफिक प्रहरी

२१ बैशाख २०७६ काठमाडौँ : विभिन्न बहानामा जनतालाई दुख दिन नाम कमाएको ट्राफिक प्रहरीले आफ्नो संगठन सुद्धिकरण अभियान थालेको छ । यसका लागि ट्राफिक प्रहरीले सुचना प्रविधिलाई मुख्य आधार मानेर अघि बढेको छ ।

प्रणामी युवा परिषद काठमाडौँ जिल्ला समिति संगको “एम्बुलेन्स लाइ प्राथमिकता” अन्तर्गतको प्रसिक्षण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

प्रसिक्षणका क्रममा प्रहरी निरीक्षक भट्टले दुर्घटनाका प्रमुख कारण तिन “E” ( Engeneering, Encironment, र Education ) रहेको बताए ।

प्रतक्ष प्रमाणलाई आधार मानेर कारवाही प्रक्रिया अघि बढाउन ट्राफिक प्रहरीले उपत्यकामा १६ सय स्थानमा सिसिटिभी क्यामरा जडान गरेर त्यसको प्रतक्ष निगरानी बग्गीखानाबाट गरिरहेको छ । यसले दोषी पहिचान गर्न धेरै सहज भएको र कारवाही प्रक्रियामा सजिलो भएको प्रहरी निरीक्षक दामोदर भट्ट बताउनु हुन्छ ।

त्यस्तै, ट्राफिक प्रहरीले सामाजिक संजालका गुनासा समेत प्रतक्ष रुपमा सुन्न फेसबुक र ट्विटर मा आफ्नो खाता संचालन गर्दै आफुलाई सामाजिक संजालसंग जोडेको छ । जसमा जनताले आफ्ना गुनासा प्रताक्षरुपमा राख्न र भन्न पाउनेछन । साथै कुनै गतिबिधिको प्रमाण सहित जानकारी गराउन सक्ने छन् । यस्ता गुनासा ट्राफिक प्रहरी महासखा बग्गीखानाले सोझै हेर्ने र आवश्यक परे तुरुन्त कारवाही गर्ने प्रहरी निरीक्षक भट्ट बताउनु हुन्छ ।

ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि विभिन्न निकायको सहकार्यमा उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने कार्य जारि रहेको उनले बताए । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भर्खरै लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ अन्तर्गत जथाभावी हुने सडक फुटपाथ अतिक्रमण हटाउने उनले बताए ।

महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको पुरानो वानेश्वरदेखि सिनामङ्गलसम्म, पिङ्गलास्थानदेखि गौशाला चोकसम्म, कोटेश्वर वरीपरी, नयाँ बानेश्वरदेखि पुरानो बानेश्वरसम्म, त्रिपुरेश्वरदेखि कलङ्कीसम्म, चावहिलदेखि जोरपाटीसम्म, थापाथलीदेखि लगनखेलसम्मका फुटपाथ पसल तथा पार्किङ हटाएर उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन गत चैत २१ गतेदेखि नै उक्त अभियान सञ्चालन गरिरहेको छ ।

“सडक र सडकका किनारामा जथाभावी पसल राख्दा वा पार्किङ गर्दा सवारी जाम हुने गरेको छ, सडक फुटपाथ अतिक्रमण आएसँगै जाम घट्ने उनले बताए ।

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३२ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् । तीमध्ये ११ लाख हाराहारीमा सवारी साधन काठमाडौँ उपत्यकामा सञ्चालित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *