प्रधानमन्त्री रोजगार कार्यक्रमः आजदेखि बेरोजगार सूचीकरण गरिँदै

प्रधानमन्त्री रोजगार कार्यक्रमः आजदेखि बेरोजगार सूचीकरण गरिँदै

१ चैत्र २०७५ काठमाडौँ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम रोजगारीको अवसर प्रदान गर्नका लागि आजदेखि बेरोजगार सूचीकरण गरिँदैछ ।

सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गर्न लागेका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक बेरोजगार युवालाई चैत महिनाभित्र आफूले स्थायी बसोबास गर्दै आएको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा सूचीकृत हुन आग्रह गरेको छ ।

बेरोजगार युवाले सरकारले तोकेको ढाँचामा आफ्नो वैयक्तिक विवरणसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्नेछ ।

रोजगार कार्यक्रमका लागि सरकारले आर्थिक वर्ष २०७५ र ०७६को बजेट वक्तव्यमा ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *