प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

बालबालिकाका विरुद्धमा हुने कुनैपनि हिंसा सह्य र क्षम्य हुने छैन : प्रधानमन्त्रीनेकपा बैठकमा ओलीको ब्रिफिङ– 'चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै’प्रधानमन्त्री ओलीद्वारा हरितालिका तीजको शुभकामनाप्रधानमन्त्रीको स्वास्थ्य सामान्यराष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजानेस्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान ओलीले भने– दाहाललाई धेरै विश्वास गरें, एकताको प्रक्रियामा अध्ययन नै नगरी सहमतिपत्रमा हस्ताक्षर गरेंओली सरकारले भ्रमणमै खर्च गर्यो अढाइ अर्बप्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधनआईएलओ सम्मेलनलाई प्रधानमन्त्रीले आज जेनेभामा सम्बोधन गर्नुहुने प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थानप्रधानमन्त्री केपी शर्मा ओली दोहामा१० हजार रुपैयाँको सेयर किन्दै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीउपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउँछ - प्रधानमन्त्रीप्रधानमन्त्री रोजगार कार्यक्रमः बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ताआज प्रधानमन्त्रीलाई ठाडै प्रश्नः १० महिनापछि जवाफ दिँदैभ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषणPM Oli's message on Int’l Day of Persons with Disabilitiesविकास कसरी गर्नुपर्छ कांग्रेसले सिकाउनु पर्दैन: प्रधानमन्त्री ओली

प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थान

२६ जेठ २०७६ : प्रधानमन्त्री केपी शर्मा ओली युरोपका विभिन्न मुलुकको भ्रमणका क्रममा केही बेरअघि कतारको दोहाबाट स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्री ओली जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकी समारोहमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युरोप भ्रमणमा हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले सोमाबार जेनेभामा आयोजना हुने आइएलओको शतवार्षिकी समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँगको नेपालको सम्बन्ध र ऐक्यबद्धता तथा नेपाल जस्ता अल्पविकसित राष्ट्रहरुले श्रम सम्बन्धमा बेहोर्नुपरिरहेको चुनौती तथा नेपालले नयाँ संविधानअन्तर्गत श्रम सम्बन्धमा अपनाएको सामाजिक सुरक्षाका कार्यक्रमसहितका विषयमा स्पष्ट पार्नुहुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभएको भ्रमणमा सहभागी रेडियो नेपालका नरेश फुँयालले जानकारी दिनुभयो ।

जेनेभा समारोहमा विश्वका ४५ देशका राष्ट्र तथा सरकार प्रमुखको सहभागिता रहने र ‘साइड लाइन’मा कतिपय नेतासँग प्रधानमन्त्रीको भेटवार्ता समेत हुनेछ । स्वीट्जरल्याण्डको भ्रमणपछि प्रधानमन्त्री ओली भोलि नै बेलायत प्रस्थान गर्नुहुने कार्यक्रम छ । बेलायतमा प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध अक्सफोर्ड यूनिभर्सिटीको युनियनलाई विशेष सम्बोधन गर्नुहुनेछ ।

बेलायतमा रहँदा प्रधानमन्त्री ओली र उहाँका समकक्षी संयुक्त अधिराज्यका प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता हुनेछ । बेलायत भ्रमणपछि प्रधानमन्त्री ओलीले फ्रान्सको औपचारिक भ्रमण गर्नुहुने कार्यक्रम छ । यसअघि प्रधानमन्त्री ओली हिजो राति दोहा पुग्नुहुँदा हमाद अन्तर्राष्ट्रि«य विमानस्थलमा कतारका सरकारी अधिकारी तथा नेपाली दूतावासका कार्यबाहक राजदूत लक्ष्मण खनालसहितका अधिकारीहरूले स्वागत गर्नुभएको थियो । (रासस)

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...