प्रदेश २ मा भोलि सार्वजनिक बिदा

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

२९ साउन २०७६ : प्रदेश २ मा भोलि सार्वजनिक बिदा दिने भएको छ । हिन्दु धर्मावलम्बीहरूको चाड रक्षाबन्धनका अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश २ सरकारले बुधबार जारी प्रेस विज्ञप्तिमा ‘जनै पूर्णिमाको शुभकामनाका साथै साउन ३० गते बिहीबार सार्वजनिक बिदा’ गरेको उल्लेख छ।

प्रदेश २ ले रक्षाबन्धनको अवसरमा बिदा दिए पनि अन्य प्रदेशले भने यसबारे कुनै निर्णय सार्वजनिक गरिसकेको छैन।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...