प्रदेश र स्थानीय तहमा जाँदैनौं भन्ने डाक्टरलाइ कारवाही हुन्छ : मन्त्री पण्डित

प्रदेश र स्थानीय तहमा जाँदैनौं भन्ने डाक्टरलाइ कारवाही हुन्छ : मन्त्री पण्डित

२७ चैत २०७५ कैलाली : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी अस्पतालका डाक्टरहरूको माग संविधान र संघीयता विपरित भएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश पार्टी कार्यालय, धनगढीमा आज संचारकर्मीहरुसँग कुरा गर्नुहुँदै मन्त्री पण्डितले डाक्टरहरूको आन्दोलन रडाको भएको टिप्पणी गर्नुभयो ।

सरकारले खटाएको ठाउँमा नजाने कर्मचारी वा डाक्टरलाई सरकारले कारबाही गर्ने प्रक्रिया समेत अघि बढाइसकेको उहाँले बताउनुभयो ।

मन्त्री पण्डितले प्रदेश र स्थानीय तहमा जाँदैनौं भन्ने डाक्टरका माग संघीयता र संविधान बिपरीत भएको उल्लेख गर्नुभयो ।

मन्त्री पण्डितले समायोजनमा जान कर्मचारीले तह बढाउन माग गरेको उल्लेख गर्नुहुँदै सरकारले अहिले कर्मचारीको तह वृद्धि गरेर समायोजन गर्न सक्ने स्पष्ट पार्नुभयो ।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *