प्रतिष्ठित कम्पनि “म्युजिक नेपाल”का म्यानेजर थापा पक्राउ

प्रतिष्ठित कम्पनि “म्युजिक नेपाल”का म्यानेजर थापा पक्राउ

२९ वैशाख २०७६ काठमाडौं : नेपाल प्रहरीले नेपालको प्रतिष्ठित कम्पनि मध्येको एक म्युजिक नेपालका म्यानेजर उत्तम थापालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीले थापालाई पक्राउ गरिएको पुष्टि गरे । उनले भने, ‘प्रतिलिपि अधिकार सम्बन्धी उजुरी परेपछि पक्राउ गरेका हौं ।’

चलचित्र मखमली फिल्मको गीतलाई लिएर धनमाया सिलवालले दिएको जाहेरीको आधारमा अनुसन्धान थालिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *