पोखरा प्रिमियर लिग (PPL 2076) कात्तिक २६ देखि सुरु हुने

पोखरा प्रिमियर लिग (PPL 2076) कात्तिक २६ देखि सुरु हुने

पोखरा प्रिमियर लिग (PPL 2076) कात्तिक २६ देखि सुरु हुने

६ भदौ २०७६ काठमाडौं : राष्ट्रिय स्तरको बहुचर्चित क्रिकेट लिग पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता आगामी कात्तिक अन्तिम सातादेखि सुरु हुने निश्चित भएको छ ।

आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै आयोजक क्वीन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले पीपीएल क्रिकेटको दोश्रो संस्करण यहि कात्तिक २६ देखि मंसिर ७ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको बताउदै क्वीन्सले दोस्रो संस्करणको पनि मिति तय गर्दै भव्यताको साथ सम्पन्न गर्ने प्रेश बिज्ञप्ति मार्फत बताएको छ ।

पोखरामा हुने प्रतियोगितामा ६ फ्रेन्चाइज टिम रहेका छन् । जसमा साविक विजेता पोखरा पल्टनसँगै, विराटनगर टाइटान्स, बुटवल ब्लास्टर, चितवन राइनोज, काठमाडौं रोयल्स र धनगढी ब्लुस रहेका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...