पेट्रोल र डिजलको मूल्यमा वृद्धि

पेट्रोल र डिजलको मूल्यमा वृद्धि

१६ मंसिर २०७६ काठमाडौं : नेपाल आयल निगमले मूल्य समायोजन गर्दै पेट्रोल, डिजल र मट्टितेलको मुल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट मुल्यमा वृद्धि भएर आएका कारण नेपालमा मूल्य समायोजन गरिएको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् ।

मूल्य समायोजन पछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पुगेको छ ।

एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने बढाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *