पूर्व राजा ज्ञानेन्द्र शाह बिरुद्ध बोलेको भन्दै ‘प्रचण्ड’को पुत्ला दहन

पूर्व राजा ज्ञानेन्द्र शाह बिरुद्ध बोलेको भन्दै 'प्रचण्ड'को पुत्ला दहन

पूर्व राजा ज्ञानेन्द्र शाह बिरुद्ध बोलेको भन्दै ‘प्रचण्ड’को पुत्ला दहन

२३ साउन २०७६ काठमाडौँ : पर्सास्थित वीरगञ्ज महानगरमा पुर्व राजा ज्ञानेन्द्र बिरुद्ध अभिव्यक्ति दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पुत्ला जलाइएको छ ।

गत आइतबार प्रचण्डले वीपी राजमार्ग र रामेछापको खाँडादेवी जोड्ने सुनकोसीको खैरेनी घाटमा बनेको पक्की पुल उद्घाटनको कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट पनि निकाल्ने आशयको अभिव्यक्ति दिएपछि राष्ट्रिय सरोकार मञ्चले प्रचण्डको पुत्ला दहन गरेको हो ।

कार्यक्रममा बोल्दै प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका क्रममा शरण पर्न आएकाले ज्ञानेन्द्रलाई संरक्षण दिएकाे तर बढी बकबक गरिरहे जनताले नागार्जुनबाट समेत निकाल्ने चेतावनी दिएका थिए ।

प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रविरुद्ध दिएको अभिव्यक्तिको कडा आलोचना गर्दै विभिन्न नाराबाजीका सार्थै प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...