पूर्व राजा ज्ञानेन्द्रलाई जनकपुरमा भव्य स्वागत

पूर्वराजा ज्ञानेन्द्र सर्लाहीमा,राजालाई नजिकबाट हेर्नेको लागि तँछाडमछाडपूर्व राजा ज्ञानेन्द्रलाई जनकपुरमा भव्य स्वागतपूर्वराजा ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?मर्यादाक्रममा अटाएनन् पूर्वराजा ज्ञानेन्द्रखुल्दै पूर्वराजाका अतिगोप्य कक्ष

पूर्व राजा ज्ञानेन्द्रलाई जनकपुरमा भव्य स्वागत

३० फागुन २०७५ जनकपुर : तराई मधेश भ्रमणका लागि पूर्व राजा ज्ञानेन्द्र शाह जनकपुरधाम पुगेका छन् । भ्रमणका लागि जनकपुर पुग्दा पूर्व राजालाई जनकपुरधाममा भव्य स्वागत गरिएको छ । होटेल सीताशरणको अगाडी सयौ संख्यामा रहेका समर्थकहरुले राजा आउ देश बचाउको नारा लगाएका थिए ।

पूर्व राजाको स्वागत गर्न नेपाली कांग्रेस र मधेशवादी दलका केही नेताहरुपनि पुगेका थिए । कांग्रेस नेता रामाननद चौधरी ललनने कांग्रेसको एउटा ठूलो राजा सहितको प्रजातन्त्र चाहेको बताए ।

पूर्व राजा आज सर्लाहीको मलंगवामा रहेको दुर्गा मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ । चैत १ गते पूर्व राजा ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा पूजापाठ गर्नेछन भने चैत २ गते उदयपुरको गाइघाटमा राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने कार्यक्रम रहेको छ ।

चैत ३ गते सप्तरीको सखडा भगवतीको दर्शन गरी झापा पुग्ने कार्यक्रम रहेको छ । यो धार्मिक भ्रमणको क्रममा तीनराती जनकपुरधाम नै बस्नु हुने छ । जनकपुरधामको सीताशरण होटेलमा पूर्व राजाको बस्ने व्यवस्था गरिएको छ ।।




प्रतिक्रिया दिनुहोस !!!

Your email address will not be published. Required fields are marked *