पूर्व नेकपा सांसद डिबी कार्की पक्राउ

पूर्व नेकपा सांसद डिबी कार्की पक्राउ

पूर्व नेकपा सांसद डिबी कार्की पक्राउ

१८ भाद्र २०७६ काठमाडौँ: पूर्व सांसद डीबी कार्की पक्राउ परेका छन् । पूर्व सांसद डीबी कार्कीलाइ काठमाडौंको सतुङ्गलबाट पक्राउ गरेको छ । प्रहरी निरीक्षक बनाउँछु भन्दै घुस खाएर भागेको आरोपमा डिबी कार्की आज बिहान सीआईबीको टोलीले पक्राउ गरेको छ ।

पक्राउपछि डिबी कार्कीलाई अदालतमा उपस्थित गराइनेछ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध १ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषको फैसलाविरुद्ध कार्कीले सर्वोच्च अदालतमा पुनरावलोकन रिट दायर गरेका थिए । पछि सर्वोच्चले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...