पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एकको मृत्यु

ओखलढुङ्गामा बस दुर्घटना, तीन जनाको मृत्यु, १५ जना घाइतेबस दुर्घटनामा १५ घाइतेबेनिघाटमा गाडी ठोक्किदा २ जनाको मृत्यु, ३० घाइतेटयाक्टर दुर्घटनामा बालकको मृत्यु,१४ घाइतेत्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु, ३० जना घाइतेभिमदत्त राजमार्गमा बस दुर्घटना, ६ को मृत्यु २५ घाइतेपोखरा आउँदै गरेको रात्रिबस दुर्घटनामा ६ घाइतेपूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एकको मृत्युघोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइतेकाठमाडौंबाट बर्दिया जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३१ जना घाइतेबसको रेडिवाटर पड्किँदा छ घाइते, तीन जनाको अवस्था गम्भीर

पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीले ठक्कर दिँदा एकको मृत्यु

२८ चैत्र २०७५ काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।

गएराति ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घटनामा मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...