पारसको कीर्तिमानी अर्धशतक नेपालको जित

पारसको कीर्तिमानी अर्धशतक नेपालको जित Paras Khadka

पारसको कीर्तिमानी अर्धशतक नेपालको जित

28 असार २०७६ : आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज मलेसियासँग टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा ७ विकेटले जित दर्ता गरेको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।

नेपालको जितका कप्तान पारसले अविजित रहदै ८६ रनको अर्धशतकीय इनिङ्स खेले । ओपनरका रुपमा आएका कप्तान पारसले विस्फोटक ब्याटिङ गर्दै ३२ बलमा ५० रन पुरा गरेका थिए ।

नेपालका लागि करण केसीले ३ विकेट लिए । यस्तै बसन्त रेग्मी र सन्दीप लामिछानेले २/२ विकेट लिए । सोमपाल कामीको नाममा १ विकेट रह्यो ।

नेपालको प्लेइङ् इलेभेन यस्तो छः
पारस खड्का
ज्ञानेन्द्र मल्ल
शरद भेषावकर
विनोद भण्डारी
प्रदीप ऐरी
बसन्त रेग्मी
सोमपाल कामी
सन्दिप लामिछाने
रोहित कुमार पौडेल
करण केसी
ललित नारायण राजवंशी

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...