पाकिस्तान आक्रमणका लागि उडेको भारतीय वायु सेनाको लडाकू जेट दुर्घटनाग्रस्त

पाकिस्तान आक्रमणका लागि उडेको भारतीय वायु सेनाको लडाकू जेट दुर्घटनाग्रस्त

२५ फाल्गुन २०७५ काठमाडौं : भारतीय वायु सेनाको मिग–२१ नामक लडाकू जेट विमान उडानका क्रममा दुर्घटनाग्रस्त भएको छ ।

भारतीय वायु सेनाको सो विमान नियमित उडानका क्रममा राजस्थानमा दुर्घटनाग्रस्त भएको अधिकारीहरुले जनाएका छन् ।

भारतको राजस्थान राज्यमा पर्ने विकानेर जिल्लामा विमान दुर्घटना भएको रक्षा मन्त्रालयले जनाएको छ ।

विमान दुर्घटना भए पनि चालक भने सफलतापूर्वक अवतरण गरेका छन् । दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरुले बताएका छन् ।

स्मरण रहोस राजस्थानको बिकानेर पाकिस्तानसंग सिमा जोडिएको भारतीय भुमि हो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *