पाकिस्तानमाथि अष्ट्रेलियाको एक पारी र पाँच रनको जित

पाकिस्तानमाथि अष्ट्रेलियाको एक पारी र पाँच रनको जित

एजेन्सी
काठमाडौं, मङ्सिर ८ गते । अष्ट्रेलियाले पाकिस्तान विरुद्धको पहिलो टेष्ट म्याच एक पारी र पाँच रनको विशाल अन्तरले जितेको छ । चौथो दिनको खेलमा पाकिस्तान आफ्नो दोस्रो पारीमा मात्र ३ सय ३५ रनमा समेटिएपछि अष्ट्रेलियाले भारी अन्तरको जित हात पार्न सफल भएको हो । जितसँगै दुई म्याचको टेष्ट श्रृखंलामाथि १–० को अग्रता लिएको छ ।

अष्ट्रेलियाले पहिलो पारीमा बनाएको ५ सय ८० रनको जवाबमा पाकिस्तान दुबै पारीमा गरेर ५ सय ७५ रन मात्रै जोडन सक्यो । तीन विकेटको क्षतिमा ६४ रनबाट दोस्रो पारीको खल अगाडि बढाएको पाकिस्तानले चौथो दिनमा ३ सय ३५ रनमा समेटिन पुग्यो । बाबर आजमले सर्वाधिक १ सय ४ र मोहम्मद रिजवानले ९५ रनको पारी खेलेपनि पाकिस्तानको हार टार्न सक्नुभएन । अष्ट्रेलियाका लागि मिसेल स्टार्कले तीन, जोश हयाज्लऊडले चार तथा प्याट क्युमिन्सले दुई र नाथन लियोनले एक विकेट लिनुभयो ।

यसअघि ब्रिसबैनमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णय गरेको पाकिस्तानले आफ्नो पहिलो पारीमा २ सय ४० रन बनाएको थियो । जवाबमा अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा देवीड वार्नरको १ सय ५४ र मार्नस लबुस्नेको १ सय ८५ रनको सहयोगमा ५ सय ८० रनको विशाल योगफल तयार गर्यो ।
लबुस्ने खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *