पहिलो टेस्टमा भारत १० विकेटले पराजित – Nepali Online News Nepal

पहिलो टेस्टमा भारत १० विकेटले पराजित

पहिलो टेस्टमा भारत १० विकेटले पराजित

१२ फागुन २०७६ एजेन्सी: घरेलु टिम न्युजिल्याण्डले भारतलाइ १० विकेटले पराजित गरेको छ । वेलिंग्टन टेस्टको चौथो दिन भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको हो। न्युजिल्याण्डसँग खेलदा भारतले २०० रन पनि बनाउन सकेको थिएनन ।

पहिलो ईनिइनमा भारत १६५ रनमै अल आउट भएको थियो । जवाफी ब्याटिंग गरेको न्युजिल्याण्डले ३४८ बनाउदै अल आउट भएको थियो । न्युजिल्याण्डको लागि सर्वाधिक रन केन विलियमसले ८९ बनाएका थिए।

चौथो दिनको खेलमा भारतले दोस्रो ईनिइनमा १९१ रन मात्र बनाउन सफल भयो र न्युजिल्याण्ड ९ रनको लक्ष्य पाएको थियो । ९ रनको लक्ष्य पाएको न्युजिल्याण्ड १.४ ओभरमै भेटायो र जित दर्ता गर्न सफल भयो ।

न्युजिल्यान्डका लागि साउथीले ५ तथा ट्रेन्ट बोल्टले ४ विकेट हात पारे । जितसंगै २ खेलको सिरिज न्युजिल्यान्डले १-० अग्रता बनाएको छ। खेलमा कुल ९ विकेट लिएका टिम साउथी म्यान अफ द म्याच भए

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ