नेपाल टेलिकमको धमाकेदार अफरः १२ रुपैयाँमा रातभर कुराकानी

नेपाल टेलिकमको धमाकेदार अफरः १२ रुपैयाँमा रातभर कुराकानी

१३ मंसिर २०७६ काठमाडौं : शुक्रबार बेलुकाबाट लागु हुने गरि नेपाल टेलिकमले प्रेमिल आशयको धमाकेदार अफर सहितको टक भ्याल्लु सुबिधा ल्याएको छ । जसमा रातमा सस्तो दर अर्थात् मात्र १२ रुपैयाँको प्याकेज लिएर आफ्ना प्रियजनसँग अधुरा रहेका बातचित रातभर अर्थात् ७ घण्टा गर्न सकिनेछ छ । यो प्याकेजलाइ ‘अनलिमिटेड नाइट भ्वाइस’ प्याक भनिएको छ ।

प्रयोगकर्ताले रातभर १२ रुपैयाँमा अनलिमिटेड कल गर्न सकिने प्याकेज १४१५ डायल गरेर खरिद गर्न चयन गर्न सक्नेछ ,’ ‘ठण्डा रातमा तातो कोठाभित्र सोफामा ब्लान्केटले बेरिएर आफ्ना निकटतम र प्यारा मान्छेसँग अपुर र अधुरा भावनाहरु साट्नु वास्तवमै विशेष अनुभव हुन्छ टेलिकमले भनेको छ ।’

टेलिकमले बताए अनुसार यो प्याकेज अन्तरगत राति ११ बजेदेखि बिहान ६ बजेसम्म १२ रुपैयाँमा जति मन लाग्छ उतिबेर कुराकानी गर्न पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *