नेपाली महिला टोलीलाई इतिहास रच्ने अवसर

नादेझ्दा कप: उपविजेता महिला टोली स्वदेश फर्किंदै नेपाली महिला टोलीलाई इतिहास रच्ने अवसर

महिला टोलीलाई इतिहास रच्ने अवसर

२६ भाद्र २०७६ : नेपाली महिला टोलीले आज उपाधिका लागि उज्वेकिस्तान सँग भिड्दै छ । किर्गीस्तानमा जारी सादेझ्दा कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज उज्वेकिस्तान भिड्दै छ । काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ३:४५ बजे सुरु हुनेछ ।

फिफा वरियतामा नेपाल भन्दा उज्वेकिस्तान निकै माथि रहेको छ । फिफा बरियतमा नेपाल १ सय १ औ भने उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ । किर्गीस्तानमा जारि प्रतियोगितामा नेपाल समूह चरणमा २ जित र १ हारसँगै फाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा आयोजक टोलीलाई ८-२ ले पराजित गर्दा दोस्रो खेलमा उज्बेकिस्तानसँग २-० को हार बेहोर्यो । अन्तिम खेलमा ताजिकिस्तानलाई १-० ले हराउँदै नेपाल फाइनल प्रवेश गरेको थियो ।

प्रतियोगितामा नेपालकी सावित्रा भण्डारीले ५ गोल गरेकी छिन् । पहिलो खेलमा ह्याट्रिक सहित चार गोल गरेकी उनले अन्तिम खेलमा समेत एक गोल गर्न सफल भएकी थिइन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...