नेपाली भू-भाग भारतले मिचेको विषयमा यस्तो आयो बालुवाटार बैठकको निर्णय

भारतले नेपाली भू-भाग मिचेको विषय छलफल बालुवाटारमा, सर्वदलीय बैठक सुरु

नेपाली भू-भाग भारतले मिचेको विषयमा यस्तो आयो बालुवाटार बैठकको निर्णय

२३ कात्तिक २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सनिबार ४ बजेका लागि आह्वान गरेको सर्वदलिय बैठकमा सहभागी नेताहरुले कालापानी नेपालको हो भन्नेमा कुनै विवाद नभएको बताएका छन् । तर अहिले भारतले आफ्ना नक्सामा समावेश गरेको भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् ।

भारतले हालसालै जारी गरेको नक्सामा कालापानी, लिपुलेक र लिम्पयाधुरालाई आफ्नो भूभाग भनेको छ । नेपाली भू–भाग भारतले मिचेको विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सर्वदलीय बैठक बोलाएका हुन् ।

हाल त्यसको नेपालमा चर्को विरोध भइरहेको छ । सरकारले पनि लिपुलेक नेपाली भूभाग भएकाले एकपक्षीय रुपमा जारी भएको भारतीय नक्सा स्वीकार्य नहुने बताएको छ ।

तर भारतले आफ्नो भूभागलाई समेटेर नक्सा जारी गरेको स्पष्टीकरण दिएपछि प्रधानमन्त्रीले सार्वपक्षीय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सहभागी नेताहरुले कालपानी नेपालको हो भन्नेमा सबैको साझा मत रहेको बताएका छन् ।

सरकारले लिएको अडान सही भएको पनि उनीहरुले बताएका छन् । तर वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै तत्काल भारतसँग सम्वाद गर्न सुझाएका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...