नेपाली क्रिकेट टोलीले सनिबारबाट हुने ओमान सिरिज खेल्दै

खेलाडीलाई पुरस्कारस्वरुप डेढ करोड प्रदान गरिनेकुन नेपाली खेलाडीले कति तलब पाए जित कसको नेपालको !!!

नेपाली क्रिकेट टोलीले सनिबारबाट हुने ओमान सिरिज खेल्दै

१७ असोज २०७६ काठमाडौँ : नेपाली क्रिकेट टोलीले सनिबारबाट हुने ओमान सिरिज खेल्ने भएको छ। उक्त सिरिज खेल्न सिंगापुरमा भएको त्रिदेशीय सिरिज खेल्दै बिहिबार सिंगापुरबाट असोज १८ देखि २३ गते सम्म ओमानमा हुने पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिज खेल्न त्यस तर्फ प्रस्थान गरेको छ । जसमा नेपालले पहिलो खेल असोज १९ गते हङकङसँग खेल्ने छ । असोज २० गते नेदरल्यान्ड्ससँग खेल्ने छ । असोज २२ गते टेष्ट राष्ट्र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपाली टोलीले असोज २३ गते आयोजक ओमानसँग खेल्ने छ । नेपाल बाहेक अन्य चार टोलीले यस सिरिजलाई अक्टोबर तेस्रो साता देखि युएईमा सुरु हुने आईसीसी ग्लोबल छनोट विश्वकप छनोटलाई तयारी स्वरुप लिएका छन् ।

नेपाल भने एक महिना अघि सिंगापुरमा सम्पन्न आईसीसी टि ट्वान्टी एसिया विश्वकप छनोटमा खराब प्रर्दशन गर्दै बाहिरिएको थियो । यो सिरिजलाई नेपाली टोलीले मंसिरमा घरेलु मैदानमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी स्वरुप लिएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...