नेपालले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने !

नेपालले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने !नेपालको 'होम गेम' कुवेतमै हुने

नेपालले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने !

२९ साउन २०७६ काठमाडौँ: नेपालले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । विश्वकप छनोटअन्तर्गत कुवेतसँग पहिलो खेल खेल्नुअघि नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । नेपालले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने लागेको हो ।

नेपालले जोहरसँग भदौ ९ गते उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ । त्यसको दश दिनपछि भदौ १९ मा नेपालले कुवेतसँग खेल्नेछ । नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...