नेपालले भोलि मलेसियासंग अन्तर्राष्ट्रिय टि-२० सिरिज खेल्ने

मलेसियाले पहिला ब्याटिङ गर्दै, नेपालकाे प्लेइङ ११ यस्तो छनेपालले भोलि मलेसियासंग अन्तर्राष्ट्रिय टि-२० सिरिज खेल्ने

नेपालले भोलि मलेसियासंग अन्तर्राष्ट्रिय टि-२० सिरिज खेल्ने

२७ असार २०७६ काठमाडौँ : भोलि नेपालले मलेसियासंग अन्तर्राष्ट्रिय टि-२० सिरिज खेल्ने भएको छ ।

ऐतिहासिक सिरिज जितको सफलता पछि नेपालले अर्को सिरिज खेल्ने भएको छ ।

अर्को सिरिजमा नेपाले भोलि मलेसियासंग अन्तर्राष्ट्रिय टि-२० सिरिज खेल्ने भएको छ ।

१३ र १४ जुलाईमा मलेसियाको किनरारा ओभल मैदानमा २ वटा टि-२० अन्तर्राष्ट्रिय खेलिनेछ ।

दुवै खेल मलेसियन समय विहान १० बजे अर्थात् नेपाली समय बिहान ७:४५ बजे सुरु हुनेछ ।

हालसम्म नेपाल र मलेसियाले इतिहासमा मात्र ४ वटा टि-२० खेलेको छ जसमा नेपाल ३ पटक र मलेसिया १ पटक विजयी रहेको छ ।

सन् २००९ एसीसी टि-२० मा मलेसियाले नेपाललाई ६ विकेटले पराजित गरेको थियो भने सन् २००७ एसीसी टि-२० मा नेपाल २१ रनले , सन् २०१३ एसीसी टि-२० मा नेपाल १९ रनले तथा सन् २०१८ टि-२० विश्वकप छनौटमा नेपाल ८ विकेटले विजयी भएको थियो।

नेपाली टिम :-पारस खड्का( कप्तान ),ज्ञानेन्द्र मल्ल(उपकप्तान)शरद भेसावकर, बसन्त रेग्मी, सोमपाल कामि, कारण केसी, प्रदिप ऐरी, बिनोद भण्डारी, सन्दिप लामिछाने, दिपेन्द्र ऐरी, रोहित पौडेल, ललित राजबंशी, पवन सर्राफ, अविनाश बोहरा

आईसीसी टी ट्वान्टी एसिया छनोट आगमी जुलाई २०-२८ सम्म सिंगापुरमा हुने छ ।

प्रतियोगितामा नेपालसहित, सिंगापुर, कुवेत, मलेसिया र कतार रहेका छन् ।

प्रतियोगिताको विजेताले ग्लोबल छनोटको लागि प्रतिस्पर्धा हुने छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...