नेपालले भाद्र ११ देखि श्रीलंकामा हुने एसिया कप खेल्ने

नेपालले भाद्र ११ देखि श्रीलंकामा हुने एसिया कप खेल्नेएसीसी यु-१९ पूर्वी:उपाधिका लागि नेपाल र हङकङ भिड्दै- प्रत्यक्ष प्रसारणएसीसी यु-१९ पूर्वी: नेपाल बलिङ गर्दैएसीसी यु-१९ पूर्वी: नेपाल २ सय १७ रनले विजेता बन्दै सेमिफाइनलमाएसीसी यु-१९ पूर्वी: नेपाल विरुद्ध सिंगापुर- प्रत्यक्ष प्रसारण

नेपालले भाद्र ११ देखि श्रीलंकामा हुने एसिया कप खेल्ने

२५ असार २०७६ काठमाडौँ : एसिसी यु-१९ इस्टर्न रिजनको उपाधी सङ्गै नेपालले भाद्र ११ देखि यु-१९ एसिया कप खेल्ने भएको छ । प्रतियोगितामा ५ एसियन टेस्ट रास्ट्रका यु-१९ टिमहरु, इस्टर्न बाट नेपाल र वेस्टर्न बाट युएई र कुवेत छनोट भएका छन ।

प्रतियोगिताको २०१७ संस्करण पनि नेपालले फाइनलमा हंगकंगलाई ५ विकेटले पराजित गर्दै जितेको थियो भने हिजो भाको खेलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले प्रतियोगिताको उपाधि उचालेको हो ।

यु-१९ एसिया कप २०१९ भाद्र ११-२२ (२८ अगस्ट देखि ८ सेप्टेम्बरसम्म )बाट सुरु हुँदै छ । यो खेल श्रीलन्कामा हुँदै छ । प्रतियोगितामा कुल ८ सहभागी देश भारत, पाकिस्तान, बङ्गालदेश, अफ्घानिस्तान, श्रीलन्का, नेपाल, युएई र कुवेत रहेका छन् । यो खेलको पुर्ब बिजेता भारत यु-१९ रहेको छ ।

एसिसी यु१९ इस्टर्न रिजन विजेता नेपाली टोलि आज स्वदेश फर्कदै छन् ।नेपाली टिम आज राती ९ बजे नेपाल आइपुग्ने छ।सिंगापुरमा हुने टि-ट्वान्टी विश्वकप एसिया छनोट र मलेसिया विरुद्धको सिरिजको लागि नेपाली टिममा स्थान बनाएका रोहित कुमार पौडेल र पवन शर्राफ भने यु१९ टोलि संग स्वदेश फर्कने छैनन्।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...