नेकपा सरकारले देश बर्बाद पार्दै छ : गगन थापा – Nepali Online News Nepal

नेकपा सरकारले देश बर्बाद पार्दै छ : गगन थापा

नेकपा सरकारले देश बर्बाद पार्दै छ : गगन थापा

१६ माघ २०७६ इनरुवा : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम साम्सद गगनकुमार थापाले वर्तमान सरकारले देशलाई पछाडि धकेलेको बताएका छन् ।

बुधबार काँग्रेस रामधुनी नगर समितिले सुनसरीको रामधुनी नगरपालिकामा आयोजना गरेको नगर सम्मेलनमा उहाँले सरकारले देशलाई विकासको सट्टा बरबादीतर्फ लगेको आरोप लगाउनु भएको छ । बहुमतप्राप्त सरकारले देशलाई अहिले विकास निर्माणतर्फ अगाडि बढाउनुपर्नेमा त्यसविपरीतका कार्य गर्ने गरेकोले देशलाई बर्बाद पार्न उत्सुक रहेको उहाँको आरोप थियो ।

कार्यक्रममा काँग्रेस सुनसरीका सभापति तथा प्रदेश नं १ को प्रदेशसभाका संसदीय दलका नेता राजिव कोइरालाले नेता थापालाई पार्टीको नेतृत्वमा आउन आग्रह गरे।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ