नेकपा बैठकमा ओलीको ब्रिफिङ– ‘चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै’

बालबालिकाका विरुद्धमा हुने कुनैपनि हिंसा सह्य र क्षम्य हुने छैन : प्रधानमन्त्रीनेकपा बैठकमा ओलीको ब्रिफिङ– 'चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै’प्रधानमन्त्री ओलीद्वारा हरितालिका तीजको शुभकामनाप्रधानमन्त्रीको स्वास्थ्य सामान्यराष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजानेस्वास्थ्य परीक्षण गर्न प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान ओलीले भने– दाहाललाई धेरै विश्वास गरें, एकताको प्रक्रियामा अध्ययन नै नगरी सहमतिपत्रमा हस्ताक्षर गरेंओली सरकारले भ्रमणमै खर्च गर्यो अढाइ अर्बप्रधानमन्त्रीद्वारा अक्सफोर्ड विश्वविद्यालय युनियनलाई सम्बोधनआईएलओ सम्मेलनलाई प्रधानमन्त्रीले आज जेनेभामा सम्बोधन गर्नुहुने प्रधानमन्त्री दोहाबाट जेनेभा प्रस्थानप्रधानमन्त्री केपी शर्मा ओली दोहामा१० हजार रुपैयाँको सेयर किन्दै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीउपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउँछ - प्रधानमन्त्रीप्रधानमन्त्री रोजगार कार्यक्रमः बेरोजगारलाई सय दिनको रोजगार ग्यारेन्टी, दिन नसके भत्ताआज प्रधानमन्त्रीलाई ठाडै प्रश्नः १० महिनापछि जवाफ दिँदैभ्रष्टाचार गर्दिनँ भनेर ठूलो स्वरमा भाषणPM Oli's message on Int’l Day of Persons with Disabilitiesविकास कसरी गर्नुपर्छ कांग्रेसले सिकाउनु पर्दैन: प्रधानमन्त्री ओली

नेकपा बैठकमा ओलीको ब्रिफिङ– ‘चिनियाँ राष्ट्रपतिको भ्रमण चाँडै’

२६ भाद्र २०७६ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङले चाँडै नेपाल भ्रमण गर्ने सम्भावना रहेको पार्टीलाई जानकारी गराएका छन् । नेकपा सचिवालयको बुधबार बसेको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भ्रमण त्यसकै पूर्वतयारीका रूपमा रहेको संकेत नेताहरूलाई दिएका छन् ।

नेकपा एक नेताका अनुसार चिनियाँ राष्ट्रपतिको भ्रमण अन्य तालिका गडबढ नभए अक्टुबरमै हुने सम्भावना छ । ‘दुई मुलुकबीचको सम्बन्ध र कतिपय दुईपक्षीय विषयमा सहमति गर्न राष्ट्रपति तहकै भ्रमण हुने सम्भावना रहेको प्रधानमन्त्रीबाट ब्रिफिङ भएको छ,’ सचिवालयका एक नेताले भने, ‘छिमेकी मुलुकहरूले नेपालसँगको सम्बन्धलाई अझै फराकिलो र मजबुत बनाउन चाहेको जानकारी प्रधानमन्त्रीले हामीलाई गराउनुभएको छ ।’

चिनियाँ विदेशमन्त्रीको दुईदिने नेपाल भ्रमणका क्रममा ठूला केही सम्झौता भएनन् । विदेशमन्त्री स्तरको भ्रमणमा झिनामसिना विषयमा मात्र समझदारी भएको भन्दै आलोचना भइरहेको छ ।नेकपा सचिवालयका ती नेताले भने राष्ट्रपति तहको भ्रमण तयारीका लागि भएकाले विदेशमन्त्रीको भ्रमणका ठूला विषयमा सहमति नभएको बताए ।यो समाचार कान्तिपुर दैनिकमा छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...