नेकपाको हातमा सरकार र ‘बाँदरको हातमा नरिवल’ उस्तै उस्तै : पौडेल

नेकपाको हातमा सरकार र ‘बाँदरको हातमा नरिवल’ उस्तै उस्तै : पौडेल

३० बैशाख २०७६ विराटनगर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको दुईतिहाइ सरकारले जनताको बलिदानबाट ल्याएको गणतन्त्रलाई मास्ने काम गरिरहेको आरोप लगाएका छन् ।

विराटनगरमा आयोजित नेपाल महिला संघ मोरङको आइतबारको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गदै लोकतन्त्र उल्टाउनेखालको कदम चालेको दाबी गरे ।

उनले अहिलेको सरकार गणतन्त्रलाई संस्थागत गर्नेभन्दा पनि मास्ने कार्यमा लागेको र नेकपाको सरकार ‘बाँदरको हातमा नरिवल’ भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *