नाईँ नभन्नु ल ५’ युट्युबको ट्रेन्डिङ १ नम्बरमा

नाईँ नभन्नु ल ५' युट्युबको ट्रेन्डिङ १ नम्बरमा

नाईँ नभन्नु ल ५’ युट्युबको ट्रेन्डिङ १ नम्बरमा

२७ जेठ २०७६ काठमाडौँ : नाईँ नभन्नु ल ५’ युट्युबको ट्रेन्डिङको १ नम्बरमा पर्न सफल भएको छ । युट्युबमा रिलिज २४ घण्टा नबित्दै ट्रेन्डिङको नो १ नम्बरमा पर्न सफल भएको हो ।

स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्मा स्टारर चलचित्र ‘नाईँ नभन्नु ल ५’ युट्युबमा सार्वजनिक भएको छ । विकाश राज आचार्यको निर्देशनमा बनेको चलचित्र २०१८को अगस्टमा प्रदर्शनमा आएको थियो ।

‘नाईँ नभन्नु ल ५’मा स्वस्तिमा खड्का, अनुभव रेग्मी र सेड्रीना शर्माका अलवा निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्माता हरिबोल भन्डारी र गौरी राज जोशीले गरेका हुन् । पुरुषोत्तम प्रधानले खिचेको चलचित्रमा कविराज घटराजको कोरियोग्राफी रहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...