नर्विचसँग डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको नमिठो हार

नर्विचसँग डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको नमिठो हार

नर्विचसँग डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको नमिठो हार

२९ भाद्र २०७६ : डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी नर्विच सिटीसँग नमिठो हार भोगेको छ । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले नर्विचसँग २–३ को हार बेहोरेको छ । नर्विच यसै सिजन प्रिमियर लिगमा बढुवा भएको टोलि हो ।

नर्विचको लागि केनी म्याकलिन, टोड क्यान्टवेल र टेमु पुकीले नर्विचका लागि एक एक गोल गरे भने सिटीका सर्जियो अग्युरो र रोड्रीगोले एक एक गोल फर्काए । क्यारो रोड नर्विचमा भएको खेलमा घरेलु टोलीले खेलको १८औं मिनेटमा इमिलियानोको पासमा केन्नीको पहिलो गोलबाट अग्रता लिएको थियो भने फेरी २८औं मिनेटमा टोड क्यान्टेवलले पुक्कीको पासमा गोल गर्दै नर्विच २-० ले अग्रता लिइएको थियो । दोस्रो हाफको शुरुमै टिमु पुक्कीले इमिलियानोको पासमा गोल गर्दा घरेलु टोलीले ३–१ को अग्रता लियो । ८८औं मिनेटमा रोड्रिले जेससको पासमा गोल गरेपनि सिटीले २–३ ले पराजित भयो ।

प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीको यो पहिलो हार । हारपछि पनि सिटी १० अंक जोडेर दोस्रो स्थानमा छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा ५ अंकले पछि परेको छ । दोस्रो जित निकालेको नर्विच ६ अंकसहति १२औं स्थानमा छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...