धारिलो हतियार प्रहार गरि बृद्ध दम्पत्तिको हत्या

निष्ठुरी आमाः परपुरुषसँग बिहे गर्न विष खुवाई चार वर्षे छोराको हत्या

धारिलो हतियार प्रहार गरि बृद्ध दम्पत्तिको हत्या

१९ कत्तिक २०७६ काठमाडौँ : काभ्रेको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियामा एक बृद्ध दम्पत्ति मृत फेला परेका छन् ।

धारिलो हतियार प्रहार गरिएका ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिनुभयो ।

क्षतबिक्षत शव सिरकले छोपेको अवस्थामा प्रहरी चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जी नेतृत्वको टोलिले फेला पारेको थियो । घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ । घरमा नै चियापसल संचालन गर्दै आएका दम्पतीले घरेलु मदिरा समेत बिक्रि गर्दै आएका थिए । छिमेकीका अनुसार, राती ८ बजे खाना खाएर सुत्न गएका थिए । मदिरा सेवन गर्न अवेर आएकाहरुले बिवाद हुँदा हत्या गरेको आशंका गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...