‘द भ्वाइस अफ नेपाल’ यही साउन ३१ बाट सुरु

‘द भ्वाइस अफ नेपाल सिजन–२’ The Voice Nepal SEASON -2‘द भ्वाइस अफ नेपाल सिजन–२’ आजबाट सुरु‘द भ्वाइस अफ नेपाल’ यही साउन ३१ बाट सुरु

‘द भ्वाइस अफ नेपाल’ यही साउन ३१ बाट सुरु

१९ साउन २०७६ : ‘द भ्वाइस अफ नेपाल’ यही ३१ साउनबाट सुरु हुँदै छ । हिमालय टीभी एचडीमा सुरु हुँदै छ । ३१ गतेदेखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म सो प्रसारण हुने आयोजकले जनाएका छन् ।

आयोजकका अनुसार झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहरुले ब्लाइन्ड अडिसनमा कोचहरुसामु आफ्नो आवाज सुनाएका छन् ।

कार्यक्रम सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुनेछ।

निर्देशक लक्ष्मण पौड्यालले भने–‘सबै एक से एक हुनुहुन्छ, यो वर्ष प्रतिस्पर्धा निकै कडा छ ।’ यस सिजनमा राजु लामा र आस्था राउतले अन्य दुई कोच दीप श्रेष्ठ र प्रमोद खरेललाई साथ दिएका छन् ।

कार्यक्रमको टाइटल स्पोन्सर युनाइटेड सिमेन्ट्स रहेको छ । यसपटकको सिजनमा दुई जना कोच परिर्वतन भएका हुन् ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...