‘दि भ्वाइस अफ नेपाल’मा भोलिबाट ब्याटल राउण्ड सुरु हुने

‘दि भ्वाइस अफ नेपाल’मा भोलिबाट ब्याटल राउण्ड सुरु हुने‘दि भ्वाइस’को ‘ब्लाइन्ड अडिसन’ सकियो, बाट को–को छानिए ?

‘दि भ्वाइस अफ नेपाल’मा भोलिबाट ब्याटल राउण्ड सुरु हुने

९ साउन २०७६ काठमाडौँ: दि भ्वाइस अफ नेपाल’ मा आउँदो शुक्रबारबाट ब्याटल राउण्ड सुरु हुने भएको छ । गत सनिबार ब्लाइण्ड अडिसन सकिएपछि ६४ जना प्रतिस्पर्धीहरु ब्याटल राउण्डमा भिड्न लागेका हुन् । ब्लाइन्ड अडिसन’बाट ‘दि भ्वाइस’का ४ जना कोचहरु दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आस्था राउतले १६ जनालाई आफ्नो टिममा छानेका छन् ।

ब्याटल राउण्डमा प्रतियोगीहरुले एक आपसमा आमनेसामने भएर एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्नेछ । जसलाई चारै निर्णायक तथा कोचहरुले प्रतिस्पर्धीलाई तयार पार्नेछन् । ब्याटल राउण्ड निकै प्रतिस्पर्धी र रोमान्चक हुने अपेक्षा गरिएको छ जहाँ प्रतिस्पर्धिहरु आपसमा गायनमार्फत भिडन्त गर्नेछन् ।

चार निर्णायक तथा कोचहरुका लागि ब्याटल राउण्ड निकै कठिन हुने देखिएको छ जसमा आफ्नो टिमले उत्कृष्ट गरोस भन्ने चाहना हुनेछ । नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।

दीप श्रेष्ठको टिम: अंकित, डम्बर, धर्मा, कविराज, निर्मला, रजनी, राम, रमा, शिवा, आकांक्षा, विकास, विनय, पृथ्वी, सुमन, सुनिल र सुरज परेका छन् ।

टिम राजु: अनुशा, बैशाली, विजय, गीता, करण, कुमार, प्रेक्षा, रेवन, समीर, सनिश, संजय, शसिका, श्रवण, सम्झना, श्रृष्टि र अन्जु छनोट भएका छन्

प्रमोदको टिम: जमिर, कमल, मधु, मेचु, प्रवेश, सैकिरण, सजन, सदिक्षा, शुसान्त, सुश्मा, बलबहादुर, विमोचना, विशाल, राजिव, सौगात र अमित छन् ।

आस्था राउतको टिममा भने आरिफ, झुप्री, कुमा, नविना, राजिव, रिता, सविना, सम्झना, सोनिया, सुरज, यान्की, अजेश, अनिश, जमुना, राहुल र श्रृखला छन् । ‘ब्लाइन्ड राउन्ड’पछि अब ब्याटल राउन्ड सुरु हुनेछ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...