दिव‌ंगत मन्त्री अधिकारीका आमाबुवा बेहोस, काठमाडौँ ल्याइयो

दिव‌ंगत मन्त्री अधिकारीका आमाबुवा बेहोस, काठमाडौँ लगियो

दिव‌ंगत मन्त्री अधिकारीका आमाबुवा बेहोस, अस्पताल ल्याइयो

पोखरा — ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीका बुबाआमालाई काठमाडौं ल्याइएको छ ।

पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएको खबर सुनेसँगैं पोखरामा रहेका उनका बुवाआमा बेहोस भएका थिए ।

कास्कीको पोखरा महानगर-५ मालेपाटनस्थित घरमा रहेका मन्त्री अधिकारीका बुवा इन्द्रप्रसाद अधिकारी र आमा लक्ष्मी अधिकारी अर्धचेत अवस्थामा रहेको परिवारका एक सदस्यले बताए ।

उनीहरुलाई यती एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।

बेहोस भएका अधिकारीद्वयलाई रिजनल अस्पताल लगिएको थियो। अहिले उनीहरुलाई थप उपचारका लागि यति एयरको उडानबाट काठमाडौं ल्याइएको हो।

बुधबार दिउँसो ताप्लेजुङको सिस्नेमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो। मन्त्री अधिकारीका श्रीमती र दुई छोरा छन्।

अहिले मन्त्री अधिकारीको निवासमा छिमेकी, आफन्तको भीड लागेको छ।

दुर्घटना भएको खबरपछि आफन्त र पार्टी कार्यकर्ता मन्त्री अधिकारीको पोखरा महानगरपालिका मालेपाटनस्थित घरमा पुगेका थिए ।

सम्बन्धित:

हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहित ७ जनाको निधन

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...