समाचारसमाज

तिङ्लामा तनाव, स्थिति तनावपूर्ण

तिङ्लामा तनाव, स्थिति तनावपूर्ण

४ माघ, सोलुखुम्बु : आफ्नो जिल्लामा बिधुत नजोडी राष्ट्रिय प्रसारणमा जोड्न खोजेको भन्दै तिङ्लाबासीले बिरोध जनाए पछि राष्ट्रिय विद्युत प्रसारण लाइनमा जोड्ने उद्घाटन कार्यक्रममा स्थिति तनावपूर्ण बनेको छ। कार्यक्रम स्थलमा स्थिति तनावपूर्ण बनेपछि प्रहरीले हवाई फायर र अश्रु ग्याँस समेत हानेको छ ।

स्थानीयका अनुसार एक जनालाई गोली लागेको दावी गरेका छन्। प्रहरीले भने गोलि लागेको बारे पुष्टि गरेको छैन । तर केही प्रदर्शनकारी घाइते भने भएका छन् । झडप पछि आक्रोशित प्रदर्शनकारीले १२/१३ वटा मोटरसाइकल र एउटा जीपमा आगजनी गरेका छन् ।

के थियो घटना ?

तिङ्लाको लाम्मानेमा बनेको ३३ केभी प्रसारण लाइनको सबस्टेशनमार्फत जिल्लालाई केन्द्रीय प्रसारण लाईनमा जोड्न शनिबार पत्तालेमा कार्यक्रम राखिएको थियो । तर तिङ्लाबासीले त्यसको विरोध जनाए । मुख्य प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका-११, तिङ्लामा विद्युतीकरण नगरी कार्यक्रम राखिएकोमा उनीहरुले विरोध जनाएका हुन् ।

उनीहरुले पत्तालेको कार्यक्रममा सहभागी हुन सदरमुकाम सल्लेरीबाट गएको टोलीलाई रोक्ने क्रममा ढुङ्गामुडा समेत गरेका थिए ।

स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो । तिङ्लावासीको विरोधपछि प्रसारण लाइन उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *