टी-ट्वान्टी वरियतामा नेपाल एसोसियट राष्ट्रको शीर्ष स्थानमा

खेलाडीलाई पुरस्कारस्वरुप डेढ करोड प्रदान गरिनेकुन नेपाली खेलाडीले कति तलब पाए जित कसको नेपालको !!!

टी-ट्वान्टी वरियतामा नेपाल एसोसियट राष्ट्रको शीर्ष स्थानमा

१९ कत्तिक २०७६ काठमाडौं : अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले नयाँ बरियता सार्वजनिक गर्दै टी-ट्वान्टी वरियतामा नेपाललाइ यथावत स्थानमा राखेको छ ।

आईसीसीको टी-ट्वान्टीको नयाँ वरियता सार्वजनिक भए संगै नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल १२ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १८९ रेटीङ अंक पाएको छ ।

एसोसियट राष्ट्र मध्यको टी-ट्वान्टी वरियतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ ।

टी-ट्वान्टी वरियतामा नेपालले टेष्ट राष्ट्र आयरल्याडलाई समेत पछि पार्न सफल भएको छ ।

टी-ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । यस्तै अष्ट्रेलिया तेस्रो, दक्षिण अफ्रिका चौंथो र भारत पाँचौं स्थानमा रहेका छन् ।

एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमा रहेको छ ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...