टि-२० विश्वकप एसिया छनौट आजबाट , यस्तो छ नेपालको छनोट हुने सम्भावना

आईसीसीले अनुमति दिए नेपालले ओमानमा टी-२० प्रतियोगिता खेल्नेके नेपालको अझै बाकी छ विश्वकपमा पुग्ने सम्भावना,यसरी पुग्ला त ?आईसीसी टि-२०विश्वकप छनोट खेलेर नेपाली टिम स्वदेश फिर्ता लज्जास्पद हारसँगै नेपालको विश्वकप खेल्ने सपना चकनाचुरविश्वकप फाइनल छनोट: के नेपालले चिर -प्रतिद्वन्दी सिंगापुरलाई जित्ला ?टि-२० विश्वकप छनौट: नेपालको पहिलो जित, मल्लको कीर्तिमानी अर्धशतकटि-२० विश्वकप छनौट: आज मलेसियाविरुद्ध खेल रद्द भए के हुन्छ ?टि-२० विश्वकप एसिया छनौट आजबाट , यस्तो छ नेपालको छनोट हुने सम्भावनाविश्वकप एसियन फाइनल छनोट: नेपालको खेल र प्रतिद्वन्दीको वरियताबारे जानकारीनेपालको ऐतिहासिक क्लिनस्विप!टी–ट्वान्टी विश्वकप छनोटको लागि नेपाली राष्ट्रिय टोली घोषणाटी-२० विश्वकप छनोटका लागि २५ सदस्यीय टोलीको घोषणा,खेल तालिका सहित एसिसी यु–१९ इस्टर्न रिजन च्याम्पियनसिपको खेल तालिका सार्वजनिकटी–२० विश्वकप छनोटको खेल तालिका सार्वजनिक, नेपालले पहिलो खेल कतारसँग खेल्ने

टि-२० विश्वकप एसिया छनौट आजबाट , यस्तो छ नेपालको छनोट हुने सम्भावना

६ साउन २०७६ : टि-२० विश्वकप एसिया छनौट आजबाट सुरु हुँदै छ । आज पहिलो खेल सिंगापुर र कतारबिच हुँदै छ ।

मलेसियालाई २ खेलको टि-२० सिरिजमा २-० ले क्लिन स्विप गर्दै उच्च मनोबलका साथ नेपाली रास्ट्रीय क्रीकेट टोलि टि-२० बिश्वकप एसियन फाइनल क्वालिफायर खेल्न सिङगापुर प्रस्थान गरिसकेको छ ।

नेपाल सन् २०१४ मा टि-२० विश्वकपमा छनोट भएको थियो ।गत वर्ष अक्टोबरमा मलेसियामा आयोजित टि-२० विश्वकप ( एसिया पूर्वी छनौट ) प्रतियोगिताको विजेता हुँदै पहिलो खुड्किलो पार गरेको नेपालले करिब १ वर्ष पछि दोश्रो खुड्किलोको रुपमा टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्न लागेको हो।

जुलाइ २२ देखि २८ सम्म हुने यस प्रतियोगितामा नेपाल, कतार, कुवेत, मलेसिया र आयोजक रास्ट्र सिङगापुर गरि ५ टोलि सहभागिता हुनेछ ।जुलाइ २२ देखि २८ सम्म हुने यस प्रतियोगितामा नेपाल, कतार, कुवेत, मलेसिया र आयोजक रास्ट्र सिङगापुर गरि ५ टोलि सहभागिता हुनेछ ।

नेपालले जुलाई २३ मा कतारसंग इन्डीयन एसोसिएसन मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै २४ जुलाईमा मलेसियासंग, २७ जुलाईमा कुवेतसंग र २८ जुलाईमा सिंगापुरसंग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन मैदानमा खेल्नेछ।

शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुँदैछ ।

आइसीसी वरीयता
सिंगापुर-२३
कुवेत-२८
मलेसिया-३५

नेपाली टोलीमा :पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

२०२० टि-२० विश्वकप छनौट भइसकेका राष्ट्रहरुअस्ट्रेलिया, पाकिस्तान, भारत, इंग्ल्याण्ड, दक्षिण अफ्रीका, न्युजिल्याण्ड, वेस्टन्दिज, अफगानिस्तान, श्रीलंका, बंगलादेश

नेपालको छनोट बाटो: टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) जितेमा नेपाल ग्लोबल छनौट खेल्न छनौट हुनेछ। ग्लोबल छनौटमा १४ टिम मध्ये उत्कृस्ट ६ टिम हुन सके नेपाल दोश्रो पटक टि-२० विश्वकप खेल्न छनौट हुनेछ

२०२० विश्वकपमा डिसेम्बर ३१ २०१८ सम्म हुनेछ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...