टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप

टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप

टिकटक बन्यो सर्वाधिक डाउनलोड हुने एप

८ कार्तिक २०७६ : फेसबुक तथा इन्स्टाग्राम लगायतका चर्चित एपहरुलाई पछि पार्दै टिकटक बनो सर्वाधिक डाउनलोड हुने एप ।

हालसम्म टिकटक करिब एक अर्ब भन्दा बढी पटक ‘डाउनलोड’ भएको छ। सन् २०१८ मा टिकटक ६६ करोड पटक डाउनलोड गरिएको थियो।

सर्वाधिक रुचाइएको सामाजिक सञ्जाल फेसबुक हालसम्म ७१ करोड १० लाख पटक डाउनलोड गरिएको छ ।

यस्तै, इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड गरिएको छ।

केवल गुगलको प्लेस्टोरमा मात्र नभै एप्पलको एप स्टोरमा समेत टिकटक नै सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको हो ।

फेसबुक र इन्स्टाग्राम जस्ता सोसल मिडिया एपहरु डाउनलोड संख्याको आधारमा टिकटक भन्दा पछि परेका छन् ।

एप एनालिटिक्स प्लाटफर्म सेन्सर टावरको रिपोर्ट अनुसार गत सेप्टेम्बर महिनामा विश्वमा सबैभन्दा धेरै डाउनलोड भएका सोसल मिडिया एपमध्ये टिकटक पहिलो नम्बरमा रहेको छ ।

सन् २०१७ को डिसेम्बरमा अर्को चिनियाँ एप ‘बाइट डान्स’ले म्युजिकल्लीलाई एक बिलियन डलर (नेपाली करिब एक अर्ब १३ खर्ब २६ करोड) मा खरिद गरेको थियो। यी दुवै एपलाई ‘मर्ज’ गरेर टिकटक सन् २१०८ मा लन्च भएको हो।

गुगल प्ले स्टोर र एपलको एपस्टोरका टपटेन डाउनलोड भएका एपहरु चाहिँ यस्ता छन्ः

एप स्टोर

टिकटक
इन्स्टाग्राम
फेसबुक
स्नापच्याट
ट्वीटर
पिन्ट्रेस्ट
विच्याट
क्यू क्यू
लिंक्डइन
डिस्कोर्ड
गुगल प्ले स्टोर

टिकटक
फेसबुक
लाइकी
इन्स्टाग्राम
स्नापच्याट
ह्वेलो
ह्वागो
ट्वीटर
पिन्ट्रेस्ट
बिगो लाइभ

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...