च्याम्पियन्स लिग: हिजो भएको रोचक खेलबारे सम्पूर्ण जानकारी

च्याम्पियन्स लिग: हिजो भएको रोचक खेलबारे सम्पूर्ण जानकारी च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजबाट सुरुच्याम्पियन्स लिग: पहिलो चरणको खेल तालिका,नेपाली समय र लाइभबारे जानकारी

च्याम्पियन्स लिग: हिजो भएको रोचक खेलबारे सम्पूर्ण जानकारी

१ साउन २०७६ एजेन्सी: युरोपियन फुटबलको प्रतिष्ठित प्रतियोगिता युईएफएल च्याम्पियन्स लिगको खेल हिजोबाट सुरु भएको छ ।युरोपियन क्लब फुटबलको सर्वाधिक ठुलो र प्रतिष्ठित प्रतियोगिता युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको आज ८ खेल आज भएको थियो ।

युएफा च्याम्पियन्स लिग फुटबलमा इंइङ्गलिस क्लबहरुले खराब सुरुवात गरेका छन् । इंइङ्गलिस क्लब तथा युइएफए डिफेन्डिङ च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा इटालियन क्लब नेपोलीसँग पराजित हुन पुगेको छ । नेपोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० ले पराजित हुन् पुगेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी स्पेनिस क्लब भ्यालेन्सियासंग १–० गोल अन्तरले पराजित भएको हो । चेल्सीका रोस बार्क्लेले अन्तिम समयमा पाएको पेनाल्टी खेर फाल्दा क्लबले बराबरी गर्ने अवसर गुमाएको थियो।

डर्टमण्डसंग बार्सिलोनाले बराबरी खेलेको छ । नदेरल्याण्ड्सको आयाक्सले फ्रान्सको लिल्लाई ३–० ले हराउँदा जर्मनीको आर.बी लेप्जीगले पोर्चुगलको बेनिफिकामाथि २–१ को जित दर्ता गरेको छ । अर्काे खेलमा अस्ट्रियाको साल्जवर्गले बेल्जियन क्लब गेन्कलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको छ । फ्रान्सको लियों र रुसको जेनिथ तथा इटालीको इन्टर मिलान र चेक गणतन्त्रको स्लाभिया प्रागले १–१ गोलको बराबरी खेले ।

खेलको लाइभबारे जानकारी:
Sony ESPN,Sony ESPN HD,sony LIV,SONY TEN 1,SONY TEN 1 HD,SONY TEN 2,SONYTEN 2 HD,SONY TEN 3, SONY TEN 3 HD

स्पेनिस क्लब रियल मड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)एउटै समूहमा परेका छन् । खेलतालिका अनुसार डिफेन्डिङ च्याम्पियन लिभरपुल भने समूह ईमा परेको छ ।गत सिजनकाे उपविजेता टाेटेनहम र जर्मन महारथी वायर्न म्युनिख समूह ‘बी’मा परेका छन् । दुवै टाेली समूह चरणमै प्रतिस्पर्धा गर्नेछन् ।

स्पेनिस क्लब बार्सिलाेना कठिन मानिएकाे समुह ‘एफ’ मा परेकाे छ । बार्सिलाेना रहेकाे समूहमा बुन्डेसलिगा क्लब बाेरुसिया डर्टमण्ड र इटालियन क्लब इन्टर मिलान रहेका छन् ।

सूचीमा हेर्नुहोस् कुन समूहमा कुन टिम ?

समूह ‘ए’
पेरिस सेन्ट जर्मेन , रियल मड्रिड, क्लब वर्ग, गलातासारे

समूह ‘बी’
वायर्न म्युनिख, टोटेनहम, ओलाम्पिकाओस, क्रेभिना जेभेज्डा

समूह ‘सी’
म्यानचेस्टर सिटी, शाख्तर डोनेस्क, डाइनामो, एटलान्टा

समूह ‘डी’
युभेन्ट्स, एट्लेटिको मड्रिड, लिभरकुसेन, लोकमोटिभ मस्कोभा

समूह ‘ई’
लिभरपुल, नापोली, साल्जबर्ग , जेन्क

समूह ‘एफ’
बार्सिलोना, बोरुसिया डर्टमण्ड, इन्टर मिलान, स्लाभिया प्रभा

समूह ‘जी’
जेनिथ, बेन्फिका,लियोन, आरबी लेपजिङ

समूह ‘एच’
चेल्सी, आयाक्स, भ्यालेन्सिया,लिली

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...