च्याम्पियन्स लिग फुटबल: रियाल म्याड्रिडको लज्जास्पद हार

च्याम्पियन्स लिग फुटबल: रियाल म्याड्रिडको लज्जास्पद हार

च्याम्पियन्स लिग फुटबल:रियालको म्याड्रिडको लज्जास्पद हार

२ साउन २०७६ एजेन्सी: च्याम्पियन्स लिग फुटबलमा रियाल म्याड्रिडले लज्जास्पद हार बेहोरेको छ । बुधबार राति भएको खेलमा घरेलु टोली पीएसजीले स्पेनिस महारथी रियल मड्रिडलाई ३–० गोल अन्तरले पराजित गरेको छ । हिजोको भएको खेलमा पीएसजी तीन मुख्य फरवार्ड खेलेका थिएनन्। निलम्बनको कारण नेयमार र चोटका कारण केलियन एम्बाप्पे र ईडिन्सन काभानी मैदानमा थिएनन् ।
पीएसजीको लागि १४औं मिनेटमा र ३३औं मिनेटमा एन्जल डि मारिया व्यक्तिगत दोस्रो गोल गरेपछि घरेलु टोलीले पहिलो हाफमौ २–० को अग्रत लिएको थियो फेरी दोस्रो हाफको ईन्जुरी समयमा थोमस म्युनिरले गोल गर्दै जित ३–० दर्ता गरे ।

जितसँगै पीएसजीले समूह ‘ए’ मा महत्वपुर्ण ३ अंक जोडेको छ । रियाल पुछारमा छ । यही समुहको अर्काे खेलमा गालाटासारे र क्लब ब्रगले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...