च्याम्पियन्स लिगमा आज राति हुने खेलहरूको समय र लाइभबारे जानकारी !

च्याम्पियन्स लिगमा आज राति हुने खेलहरूको समय र लाइभबारे जानकारी !

२९ फागुन २०७५ एजेन्सी: युरोपियन च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत आज राति दुई महत्त्वपूर्ण खेलहरू हुँदैछन् ।

ईएफए च्याम्पियन्स लिग फुटबलको प्रि–क्वाटरफाइनलमा आज राति स्पेनिस क्लब बार्सिलोनाले आज राति फ्रेन्च क्लब लियोनसँग सामना गर्दैछ भने इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बायर्न म्युनिखसँग सामना गर्दैछ ।

दुवै खेल नेपाली समय अनुसार १:४५ सुरु हुँदै छ । प्रि-क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले लियोनसँग बराबरी खेलेको थियो ।

बार्सिलोनाका कप्तान लियोनल मेस्सी, लुइस स्वारेज तथा फिलिपे कौटिन्होले प्रहार गरेको प्रत्येक बलमा लियोनका गोलकिपर एन्थोनी लोपेस बाधक बनेका थिए ।

बार्सिलोनाले गोलको लागि २५ पटक प्रयास गरेपनि लोपेसले विफल बनाएका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा बार्सिलोनासँग लियोनले गोलरहित बराबरी खेल्न सफल भएको थियो ।

पहिलो खेलमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब बायर्न म्युनिखसँग बराबरी खेलेको थियो ।

खेल : बार्सिलोना भर्सेस लिभरपुल
समय : राति १ः४५ बजेदेखि (नेपाली)
लाइभ : Sony Ten 1 HD

खेल : लिभरपुल भर्सेस बायर्न म्युनिख
समय : राति १ः४५ बजेदेखि (नेपाली)
लाइभ : Sony Ten 2 HD

Leave a Reply

Your email address will not be published. Required fields are marked *