चुडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेती यूएईमा समातिए

३१ असार २०७५ काठमाडौं : ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुख्य अभियुक्त मानिएका चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेती पनि पक्राउ परेका छन् । रमेश संयुक्त अरब इमिरेटस (यूएई) मा पक्राउ परेका हुन् ।

उप्रेतीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो । एनसीबी काठमाडौंको सिफारिसमा उप्रेतीसहित मुख्य लगानीकर्ता एमके उर्फ मोहनकुमार अग्रवाल, बेनु श्रेष्ठ र हरिशरण खड्काबिरुद्ध नोटिस जारी भएको हो ।

यूएईबाट सुन किनेर नेपाल पठाउन उप्रेतीसहितको समूहले भूमिका खेलेको सरकारी छानबिन समितिको अनुसन्धानले देखाएको थियो ।

‘उप्रेतीलाई केही दिनअघि पक्राउ गरिएको र नेपाल ल्याउने तयारी भइरहेको गृह स्रोतले जनाएको छ ।’

सोसियल मिडियामा सेयर गर्नुहोस !
Loading...