ग्लोबल टि२०: सोमपाल अनुबन्धित होक्सको खेल आज हुदै, टिममा उनको पर्ने सम्भावना कति ?

ग्लोबल टि२०: सोमपाल अनुबन्धित होक्स फाईनलमासोमपालको टिम होक्सको खेल आज,लाईभ लगायत सम्पूर्ण जानकारीग्लोबल टि-२०: डेब्यु खेलमा सोमपालको खराब प्रदर्शन kami bishwaghatana.com

ग्लोबल टि२०: सोमपाल अनुबन्धित होक्सको खेल आज हुदै, टिममा उनको पर्ने सम्भावना कति ?

२५ साउन २०७६ काठमाडौं : क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा आज (शनिबार) सोमपाल कामी अनुबन्धित टिम वेनिपेग होक्सले प्रतिस्पर्धा गर्दैछ ।

फाइनल प्रवेशका लागि क्यानाडाको सिएए क्रिकेट मैदानमा हुने खेलमा होक्सको प्रतिद्वन्दी ब्रामटन वुल्भस रहने छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ११:४५ मा सुरु हुनेछ ।

दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ । आज सम्पन्न हुने यस खेलको विजेताले फाइनलमा भ्यानकुभर नाइट्ससँग खेल्नेछ ।

इलिमिनेटरमा होक्सले नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टोरन्टो नेसनल्सलाई डीएल पद्वतिका आधारमा २ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

तर, होक्सले वुल्भ्सविरुद्ध नेपाली अलराउण्डर सोमपाललाई मैदान उतार्ने सम्भावना निकै कम रहेको छ । डेब्यु खेलमा उच्च प्रदर्शन गर्न नसकेपछि सोमपाल टिम बाहिर रहदै आएका छन् ।

यता ब्रामटन वुल्भ पहिलो क्वालिफायरमा भ्यानकुभर नाइट्ससँग पराजित भएर पनि प्रतियोगिताको नियम अनुसार दोस्रो क्वालिफायर खेल्न पाएको हो ।

सोसियल मिडियामा सेयर गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Loading...